Skip to content

पर्यटन बोर्डमा क्षमतावान् व्यक्ति नियुक्तिको माग

काठमाडौँ ।  पर्यटन क्षेत्रका अगुवाहरुले नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पर्यटन क्षेत्रको विकासलाई केन्द्रमा राख्ने क्षमतावान् व्यक्ति नियुक्ति गर्न माग गरेका छन् । आज नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स, टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल र नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज संस्थाले पर्यटनमन्त्रीलाई संयुक्तरुपमा ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन् ।

नेपाल पर्यटन बोर्डमा प्रतिनिधित्व गर्ने व्यक्ति पर्यटन क्षेत्रमा सक्रिय रहेको हुनुपर्नेमा ती संस्थाले जोड दिएका छन् । नेपालको पर्यटन क्षेत्रमा दीर्घकालीन एवं सकारात्मक प्रभाव ल्याउन तथा विश्व पर्यटन बजारबाट लाभ उठाउने क्षमताको व्यक्ति बोर्डको आवश्यकता भएको उनीहरुले बताएका छन् । 

नेपाल पर्यटन बोर्ड ऐन, २०५३ दफा ९ को उपदफा (२) को खण्ड (छ) मा पर्यटन प्रवद्र्धन गर्ने कार्यमा संलग्न रहेका पर्यटन व्यवसायी, पर्यटन तथा प्राकृतिक तथा सांस्कृतिक सम्पदासँग सम्बन्धित निजी क्षेत्रका विशेषज्ञमध्येबाट नेपाल सरकारले दफा १० को अधीनमा रही मनोनीत गरेका पाँचजना सदस्य रहने गरी ११ सदस्यीय बोर्डको कार्यकारी समिति रहने व्यवस्था छ । 

                  

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life