Skip to content
Prabhu

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त

काठमाडौं । महालक्ष्मी विकास बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले दिपेश लम्साललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । 
लम्साल बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेकै बेला तत्कालीन प्रमुख कार्यकारी अधिकृतको राजीनामापश्चात सञ्चालक समितिको निर्णयबमोजिम निमित्त प्रमुख कार्यकारी अधिकृतको भूमिकामा  थिए । 
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लम्सालले बैंकप्रतिको जनविश्वास र निष्ठा कायम राख्दै गुणस्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्धता जनाएका छन् ।  
विगत १५ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ वर्षको बैंकिङ अनुभव रहेको जनाइएको छ । 
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal