Skip to content
Prabhu

एनआईसी एशिया आक्रामक शैलीमा ब्रेकः खर्च घटाउन शाखा बन्द गर्ने,राष्ट्र बैंकको स्थलगत अनुसन्धान शुरु

काठमाडौं । शाखा विस्तार व्यवसायमा आक्रामक शैली अपनाएको एनआईसी एशियाले रणनीति परिवर्तन गर्ने भएको छ । 

बैंकले ५० वटा शाखा तथा विस्तारित काउन्टर बन्द गर्नको लागि राष्ट्र बैंकमा निवेदन दिएको छ । एनआईसी एशिया बैंकको अहिले देशभर गरेर ३५९ वटा शाखा संख्या रहेको छ । एटिएम ५१७ वटा रहेको छ । 

एनआईसी एशियाले लामो समयसम्म फाइदा हुन नसकेको केही शाखा र काउन्टर सेवा बन्द गर्ने रणनीति लिएको हो । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एनआईसी एशिया बैंकले ३ अर्ब २७ करोड नाफा गरेपनि सेयरधनीलाई वितरण गर्ने मिल्ने नाफा भने छैन । पुस मसान्तमा सेयरधनीले पाउने वितरण गर्ने नाफा ५९ करोडले ऋणात्मक छ । 

एनआईसी एशिया बैंकमाथि पछिल्लो समय आएको विषयमा राष्ट्र बैंकले स्थलगत सुपरिवेक्षण तथा अनुसन्धानको काम थालेको छ । राष्ट्र बैंकका सुपरिवेक्षण विभागका प्रमुख देवकुमार ढकालले नियमित प्रक्रिया अनुसार स्थलगत सुपरिवेक्षणको काम शुरु भएको बताए । 

‘विगतमा पनि गल्ती गरेका बैंकका सञ्चालक र सीईओलाई राष्ट्र बैंकले कारवाही गर्ने सचेत गराउने गरेको छ,एनआईसी एशियामा पनि गल्ती भेटिएमा कारवाही हुन्छ,’ढकालले भने । 

पुस मसान्तसम्म एनआईसी एशिया बैंकमा ३ खर्ब ८१ अर्ब निक्षेप रहेको छ भने कर्जा २ खर्ब ९३ अर्ब रुपैयाँ दिएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal