काठमाडौं । एनआईसी एशिया बैंकको सञ्चालक समिति र उच्च व्यवस्थापनबीच विवाद बढ्न थालेको छ ।
बैंकलाई राष्ट्र बैंकले अनुसन्धान प्रक्रियामा लगेको तथा नाफाको प्रेसर रहेको कारण बैंकको सञ्चालक समिति र व्यवस्थापनबीच विवाद बढ्न थालेको हो ।
बैंकले विगतमा वर्षमा अपनाएको आक्रमक शैलीसँगै पछिल्लो समय कर्जा असुलीमा देखिएको समस्या र ब्यालेन्ससिट नै घुमाउने तरिकाले गर्दा उच्च व्यवस्थापन र सञ्चालक समितिबीच विवाद देखिएको हो ।
बैंकको नायब प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीईओ)बाट सुधीर नाथ पाण्डेले राजीनामा दिएसँगै बैंकको सञ्चालक समिति र उच्च व्यवस्थापनमा भएको विवाद बाहिर आएको हो ।
डेपुटी सीईओ पाण्डेले बैंकबाट राजीनामा गरेका हुन् । बैंक स्रोतका अनुसार अन्य उच्च कर्मचारी समेत बैंकबाट बाहिरिने मुडमा पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्