Skip to content
Prabhu

महालक्ष्मी विकास बैंकले ल्यायो नयाँ वर्ष लक्षित कर्जा योजना

काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८१ लाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यावसायिक कर्जा तथा महालक्ष्मी व्यक्तिगत सवारी कर्जामा ब्याजदरका नयाँ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत घर कर्जा र व्यावसायिक कर्जा १०।९९ प्रतिशत र व्यक्तिगत सवारी कर्जा ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान हुने बताइएको छ ।

global
अर्घाखाँची सिमेन्ट

तिनै प्रकारको कर्जामा पहिलो एक वर्षका लागि स्थिर ब्याजदर कायम रहने र महिलाको हकमा सेवा शुल्कमा २५ प्रतिशतसम्म छुट प्रदान गरिने बताइएको छ । आवश्यक सम्पूर्ण कागजात प्राप्त भएको तीन कार्य दिनभित्र नै कर्जा प्रवाह गरिने पनि बताइएको छ ।

उक्त योजनाअनुसार आवासीयरव्यापारिक घररजग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थपरपुनर्निर्माणरमर्मत सम्भार गर्न न्यूनतम दुई वर्षदेखि अधिकतम ३० वर्ष अवधि रहने गरी पाँच करोड रूपैयाँसम्मको कर्जा प्रदान गरिनेछ ।

साना तथा मझौला व्यवसायीहरूको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न एक वर्षदेखि १५ वर्षको अवधिसम्मको लागि १०।९९ प्रतिशतमा व्यावसायिक कर्जा प्रदान गर्ने योजना ल्याएको छ ।

व्यक्तिगत सवारी कर्जामा  ११।४९ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा प्रदान गरिने पनि बताइएको छ । व्यक्तिगत सवारी कर्जाको न्यूनतम अवधि दुई वर्ष र अधिकतम अवधि पाँच वर्षसम्म रहनेछ । विद्युतीय सवारीको हकमा भ्याट बिल वा कोटेसन मूल्यको ८० प्रतिशत कम हुने बताइएको छ । सो बराबरको कर्जा र अन्य सवारीमा कोटेशन मूल्यको ५० प्रतिशतसम्म कर्जा प्रदान गरिने जानकारी दिइएको छ । बैंकले देशभर १०३ शाखा कार्यालयमार्फत सेवा दिँदै आएको छ । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal