Skip to content

नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणाली विकास गर्न नियामकीय संयन्त्र बनाइने

nabil bank

काठमाडौं । नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणाली विकास गर्ने उद्देश्यले द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको छ।

नेपाल राष्ट्र बैंक र भारतको केन्द्रीय बैंक आरबीआइबीच बिहीबार यस्तो सम्झौता भएको हो। भारतको युनिफाइड पेमेन्ट इन्टरफेस’ (युपीआई) र नेपालको ‘नेसनल पेमेन्ट्स इन्टरफेस’ ‘एनपिआइ’ मा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको हो।

गभर्नर महाप्रसाद अधिकारी र आरबिआई गभर्नर शक्तिकान्त दासको उपस्थितिमा भारतको मुम्बईमा  उक्त सम्झौता गरिएको थियो।  गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सुरु गर्ने सम्झौता भएको थियो।

नेपाल क्लियरिङ हाउस र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डियाबीच अन्तरदेशीय विद्युतीय भुक्तानी सम्झौता भएको थियो। सो सम्झौतासँगै अन्तरदेशीय विद्युतीय भुक्तानी प्रक्रिया थप अगाडि बढेको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi