Skip to content

आइतबार नेप्से २७.२१ अंकले घट्यो, कारोबार ३ अर्ब ७७ करोड

nabil bank

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.८२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.३५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०२ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। गत बिहीबार ३ अर्ब ८६ करोडको सेयर कारोबार भएको बजारमा आज ३१५ स्टकको ९७ हजार १०५ पटकको कारोबारमा ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्से ओरालो लागे पनि आज बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, किसान लघुवित्तको सेयरमूल्य ८.२२ प्रतिशत बढेको छ भने युनियन हाइड्रोपावरको सेयरमूल्य ६.६५ प्रतिशत बढेको छ। कारोबारमा आएको सामलिङ्ग पावर कम्पनीको सेयरमूल्य आज सर्वाधिक ८.२१ प्रतिशत घटेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi