Skip to content

दुई कम्पनीलाई आईपीओ ल्याउन बोर्डले दियो अनुमति

nabil bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई आईपीओ ल्याउनको लागि अनुमति दिएको छ । बोर्डले सोपान फर्मास्युटिकल्स र याम्बलिङ हाइड्रोपावरलाई आईपीओ जारी गर्न अनुमति दिएको हो ।

बोर्डले याम्बलिङ हाइड्रोपावरलाई २८ करोड रुपैयाँबराबरको आइपीओ जारी गर्न अनुमति दिएको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २८ लाख कित्ता आईपीओ बिक्री गर्नेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

बोर्डले सोपान फर्मास्युटिकल्सले ४२ करोड ९० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न अनुमति दिएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४२ लाख ९० हजार कित्ता आईपीओ बिक्री खुला गर्नेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi