काठमाडौं । निर्वाचन अघिको सेयर कारोबारमा उत्साह देखिएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि फागुन २१ गते निर्वाचन हुँदैछ । निर्वाचन अघिको अन्तिम सेयर कारोबार दिन बजारमा उत्साह देखिएको छ ।
बजार मापन गर्ने सूचक ३८.५२ अंकले बढेर परिसूचक २७१२.४९ बिन्दु कायम भएको छ । ३२९ कम्पनीको १ करोड ५१ लाख ८४ हजार ६०७ कित्ता सेयर ६ अर्ब २३ करोड ४३ लाख ८१ हजार ४८० रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा ट्रेडिङ बाहेक सबै समूहको उपसूचक हरियो बनेका छन् ।
कारोबारमा सालपा विकास बैंक र पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्किट तहमा बढेको छ ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी पहिलो स्थानमा रहेको छ । कम्पनीको ३४ करोड ६५ लाख ३० हजार रुपैयाँको कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा रिडी पावर र एसवाई प्यानल रहेका छन् ।












प्रतिक्रिया दिनुहोस्