Skip to content
Prabhu

बैंक तथा वित्तीय संस्था विरुद्ध भ्रामक सूचना फैलाउने दुर्गा प्रसाईँलाई कारवाही गर्न माग

काठमाडौं ।  बैंकिङ क्षेत्रसँग सम्बन्धित चारवटा संस्थाले बैंक तथा वित्तीय संस्था विरुद्ध भ्रम फैलाउनेलाई कारवाही गर्न माग गरेका छन् । 



बैंकर्स संघ, नेपाल वित्तीय संस्था, डेभलपमेन्ट बैंकर्स एशोसिएसन र नेपाल लघुवित्त बैंकर्स संघले विज्ञप्ति जारी गरेर बैंकिङ क्षेत्र विरुद्ध समाज भडकाउनेलाई कारबाही गर्न माग गरेका हुन् । 


पछिल्लो समय अराजक व्यवसायी दुर्गा प्रसाइले बैंकको नाम नै तोकेर यो बैंक डुब्दै भनेर सामाजिक सञ्जालमा हाल्ने गरेका छन् । केही सञ्चारमाध्यमले अस्पुष्ट जानकारी बिना बैंक डुब्न लागेको समाचार प्रेरिष गर्ने गरेका छन् । 


विज्ञप्तीमा दुर्गा प्रसाइको नाम उल्लेख नभएपनि यस्ता खाले भ्रामक सूचना फैलाउनेलाई कारवाही गर्न माग गरिएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal