Skip to content
Prabhu

नेपाल एसबीआई बैंकद्वारा पशुपतिको कैलाश डाँडामा वृक्षरोपण

काठमाडौं । नेपाल एसबीआई बैंकले पशुपति मन्दिर परिसर काठमाडौंमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक आलोककुमार चौधरीद्वारा पशुपति मन्दिर परिसरमा रहेको कैलाश डाँडामा वृक्षरोपणको शुभारम्भ गरिएको हो ।

उक्त कार्यक्रममा नेपाल एसबीआई बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेंन्द्र कान्त, बैंकका सल्लाहकार छपिराज पन्त, बैंकका प्रमुख व्यवसाय प्रवर्द्धन  अधिकृत रितेश अर्याल तथा बैंकका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो । बैंकले पशुपति मन्दिर परिसरमा यस प्रकारका सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमहरू नियमित रुपमा गर्दै आएको छ ।

यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १ सय २१ एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal