Skip to content
Prabhu

गणेश लामा र सहदेव कक्षपतीले अपहरण गरेर करोडौं लेनदेनको कागज गराएको खड्काको आरोप

global
अर्घाखाँची सिमेन्ट

काठमाडौं ।  नेपालमा होटल तथा रियल स्टेट व्यवसायी ज्ञानेन्द्र खड्काले आफूलाई कांग्रेस नेतासमेत रहेका गणेश लामासहित सहदेब कक्षपति लगायतको समूहले गत पुस २३ गते ललितपुरको ढोलाहिटी आदर्श टोलबाट अपहरण गरी सानेपास्थित लन्डन हाउसमा लगेर ८ घन्टाभन्दा बढी बन्धक बनाएको खुलासा गरेका छन् ।

गैरआवासीय नेपाली खड्काले गत पुस २३ गते भएको सो घटनाबारे प्रहरी प्रशासनलगायत सबै ठाउँमा उजुरी गरेर उनले परिवारलाई सुरक्षित स्थानमा राखिसकेपछि आज बुधबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको बताएका छन्।

खड्काले विज्ञप्तिमा भनेका छन्, ‘डकैतहरुलाई पैसा मोह भए जस्तै हामीलाई ज्यानको सुरक्षा महत्वपूर्ण भएकाले समयमै सार्वजनिक गर्न सकिएन । यहाँबाट निस्केर घरपरिवारलाई भनिस् र पुलिसकोमा गइस् भने राम्रो हुँदैन भनेर त्रसित गरेकाले दिमागी रुपमा समेत ठूलो असर परेको छ । पहिले आफू र परिवार सुरक्षित स्थानमा हुनु र अपराधीलाई कानूनी कठघरामा उभ्याउनु मेरो प्रमुख प्राथमिकता थियो । त्यसैले आज सबै कानुनी प्रक्रिया सकेपछि हिम्मत जुटाएर यो लेख्दैछु उनले भने।’

आफूलाई लामा र कक्षपतीलगायतले ललितपुर आदर्श टोलबाट अपहरण गरी लण्डन हाउस होटलमा लगेर ८ घण्टा बन्धक बनाएर करकापमा फिरौती स्वरुप करोडौं लेनदेनको कागज कागज गराएको भन्दै खड्काले  मागेका छन् । खड्काले माघ २८ गते उपत्यका अपराध महाशाखामा जाहेरी दिएको बताएका छन् । सो जाहेरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको महाशाखाले बताइएको  छ।

जाहेरीपछि मुद्दा कमजोर बनाउन खोजिएको र एक सातासम्म पनि कारबाही अघि नबढेको भन्दै खड्काले अहिले आएर फिरौतीस्वरुप लिएको २५ लाख फिर्ता गरेर मिलापत्र गर्न दबाब दिइरहेको बताएका छन् । आफूलाई बन्धक बनाएर गरिएको कागज उनीहरुले नै वडा कार्यालयमा दर्ता गराएको तर आफ्नो मञ्जुरी नरहेको समेत खड्काले बताएका छन् ।

यसैबीच ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले महाशाखाबाट आएको उक्त जाहेरी दर्ता भएको र थप अनुसन्धानकै क्रममा रहेको बताएका छन् । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal