Skip to content
Prabhu

अमेरिकी डलर र यूरोको भाउ बढ्यो, आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०६ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४३ रुपैयाँ र बिक्रीदर १४३ रुपैयाँ ६५ पैसा कायम भएको छ ।

               बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६७ रुपैयाँ ०३ पैसा छ भने बिक्रीदर १६७ रुपैयाँ ७८ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५० रुपैयाँ ४० पैसा र बिक्रीदर १५१ रुपैयाँ ०८ पैसा छ ।

               अष्ट्रेलियन  डलर एकको खरिददर ८६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८७ रुपैयाँ १७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३५ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९८ पैसा कायम छ ।

              जापानी येन १० को खरिददर ८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८ रुपैयाँ ८७ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८ रुपैयाँ ५१ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४८ पैसा कायम छ ।

               त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४९ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ७० पैसा र बिक्रीदर ३ रुपैयाँ ७१ पैसा कायम  छ । 

              यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २३ पैसा, मलेसियन रिङगेट एकको खरिददर २७ रुपैयाँ ६३ पैसा र बिक्रीदर २७ रुपैयाँ ७६ पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९ रुपैयाँ ९७ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १२ रुपैयाँ ८० पैसा कायम छ । 

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ १९ पैसा र बिक्रीदर १९ रुपैयाँ २७ पैसा, हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७ रुपैयाँ ०१ पैसा कायम छ ।  कुवेती दिनारको एकको खरिदलर ४३० रुपैयाँ ४७ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ४२  पैसा तथा बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ९७ पैसा कायम छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal