काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्सले साविकको ज्योति लाइफ इन्स्योरेन्सको नाफा रिजर्भ कोषमा राख्ने निर्णय गरेको छ ।
२०७९ पुस ७ गतेदेखि साविकको ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्सले गाभिएर सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाममा एकीकृत कारोबार सुरु भइसकेको छ ।
फागुन १० गते बिहीबार बसेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको सञ्ञचालक समिति बैठकले साविकको ज्योति लाइफले २०७९ साउन १ गतेदेखि पुस ६ गतेसम्म कमाएको नाफा जगेडा कोषमा राख्ने निर्णय गरेको हो ।
ज्योति लाइफ इन्स्योरेन्सको पुँजी, रिजर्भ, लगानी रकम, जीवन बिमा कोषलगायत सम्पूर्ण सम्पत्ति तथा दायित्व सूर्यज्योति लाइफ इन्स्योरेन्समा समायोजन गर्ने निर्णय सो बैठकमा भएको कम्पनीले जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस्