Skip to content
Prabhu

सिटिजन्स बैंकद्वारा सत्य साई वृद्धाश्रमलाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बसन्तपुर–८ बालापुर, रुपन्देहीमा अवस्थित सत्य साई वृद्धाश्रमलाई सहयोग प्रदान गरेको छ । 

ज्येष्ठ नागरिकहरूलाई आश्रय दिई रहेको सो संस्थालाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न दैनिक उपभोग्य खाद्यान्न सामाग्री र अन्य सामाग्रीहरू उपलब्ध गराएको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्धाश्रम सञ्चालन भइरहेको छ । 

वृद्धाश्रममा आज आयोजित एक समारोहबिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरूप सामग्रीहरू हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले वृद्धाश्रममा आश्रित व्यक्तिहरूको जीविकोपार्जन तथा सहजीकरणको निमित्त उक्त सामाग्रीहरू संस्थालाई हस्तान्तरण गरी मानवसेवामा समर्पित हुन पाउँदा हर्षित भएको बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal