Skip to content
Prabhu

गभर्नर अधिकारीको शैक्षिक योग्यताको मुद्दामा २१ गते पेशी, अर्थले पठायो लिखित जवाफ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यताको मुद्दामा फागुन २१ गते पेशी तोकिएको छ । 

सर्वोच्च अदालतमा राष्ट्र बैंकका गभर्नर अधिकारी शैक्षिक रुपले गभर्नर हुन अयोग्य रहेको भन्दै मुद्दा परेको थियो । 

सर्वोच्चमा परेको मुद्दामा गभर्नर अधिकारी तथा अर्थमन्त्रालयले लिखित जवाफ पठाएका छन् । 

गभर्नर अधिकारीले कानूनी रुपमा आफू नियुक्तिको लागि योग्य भएको जवाफ पठाएका थिए । यस्तै अर्थमन्त्रालयका तर्फबाछ अर्थसचिव कृष्णहरि पुस्करले अधिकारी शैक्षिक रुपमा योग्य रहेको जवाफ अदालतमा पठाएका छन् । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal