Skip to content
Prabhu

केपी ओली शैलीमा गभर्नर महाप्रसाद अधिकारी, राष्ट्र बैंकका उच्च कर्मचारीमा विवाद

काठमाडौं । केपी शर्मा ओली २०७४ सालमा निर्वाचन जितेर प्रधानमन्त्री बन्दा राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण अनुसन्धन विभाग आफ्नो मातहतमा ल्याएका थिए । 

त्यसपछि शेरबहादुर देउवा र पुष्पकमल दाहाल‘प्रचण्ड’प्रधानमन्त्री बनेपनि दुईवटा विभागहरु प्रधानमन्त्री कार्यालय मातहतमा नै छन् । 

सरकारको नेतृत्व प्रधानमन्त्रीले गर्ने हुँदा उनको मातहतमा विभाग भएपनि नभएपनि प्रधानमन्त्रीले चाहेमा सबै सरकारी निकायमा हस्तक्षेप गर्न सक्छन् । यस्तै काम अहिले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका छन् । राष्ट्र बैंकका गभर्नर अधिकारीले बैंक सुपरिवेक्षण विभागको नेतृत्व डेपुटी गभर्नर निलम ढुंगानाको मातहतमा रहने गरेकोमा आफू मातहतमा ल्याएका हुन् । 

अहिले बैंक सुपरिवेक्षण विभागको प्रमुख देवकुमार ढकाल छन् । पछिल्लो महिनादेखि राष्ट्र बैंकमा उच्च कर्मचारीहरुमा दुव्र्यबारको विषय निकै चर्चा छ । राष्ट्र बैंकको कार्यक्रममा निर्देशक थानेश्वर आचार्यले राष्ट्र बैंकका एक उच्च महिला कर्मचारीलाई दुव्र्यबाहार गरेका थिए । 

आचार्यलाई बैंक सुपरिवेक्षण विभागका प्रमुख देवकुमार ढकाल र डेपुटी गभर्नर बमबहादुर मिश्रले बचाउन लागेको खोजेको आरोप छ । देवकुमार ढकालले डेपुटी गभर्नर निलम ढुंगानालाई नियमित कामको रिर्पोटिङ गर्नुपर्ने भएपछि उनी असहज स्थितिमा थिए । 

यही अनुसार शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले डेपुटी गभर्नरले हेर्ने विभागहरु परिवर्तन गरेका हुन् । 

पछिल्लो समय नगरकोटमा घटेको घटनापछि आरोपी आचार्यलाई बचाउने कि कारवाही गर्ने भन्ने विषयमा राष्ट्र बैंकका उच्च कर्मचारीहरुबीचमा विवाद देखिएको छ । आरोपी कर्मचारी दोषी देखिएमा कारवाही गर्नुपर्नेमा आरोपीलाई बचाउने र पीडित भएका कर्मचारीलाई कमजोर बनाउने उद्देश्यले डेपुटी गभर्नरले हेर्ने विभागहरु परिवर्तन भएको हो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal