Skip to content
Prabhu

सिटिजन्स बैंक अमरापुरी शाखाद्वारा शैक्षिक सामग्री वितरण

 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको गण्डकी प्रदेशअन्तर्गत अमरापुरी शाखाले गैंडाकोट नगरपालिका–१५ अमरापुरी, नवलपरासी पूर्वमा अवस्थित लक्ष्मी माध्यमिक विद्यालयकोे वार्षिक दिवसको अवसर पारेर विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा १२ सम्मका उत्कृष्ट विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

कार्यक्रममा शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहलअन्तर्गत आर्थिक र सामाजिक रूपमा विपन्न पृष्ठभूमिका उत्कृष्ट विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरेको हो । विद्यालयले शैक्षिक सामग्री वितरणलाई एक उदाहरणीय रूपमा लिएर सहयोगको लागि शाखाप्रति कृतज्ञतासमेत व्यक्त गरेको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १ सय ९० वटा शाखा, १ सय ५२ वटा एटिएम र ९७ वटा शाखारहित बैंकिङ्गएकाइहरुबाट बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।  

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal