Skip to content

बुधबार नेप्से ०.८७ अंकले घट्यो, कारोबार २ अर्ब ३ करोड

nabil bank

काठमाडौं । नेप्से  परिसूचक  बुधबार ०.८७ अंक घटेर २०००.७७ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.६३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५१ अंक घटेको छ।

नेप्से घटे पनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ८६ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३०८ स्टकको ४१ हजार ६७९ पटकको कारोबारमा २ अर्ब ३ करोड ८१ लाख रुपैयाँ बराबरको ५१ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ५.५१ प्रतिशत घटेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ४.९६ प्रतिशत र लगानी उपसमूहको परिसूचक १.०५ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.११ प्रतिशत घटेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
citizen life
MAK 4T
Arghakhachi