काठमाडौँ । वर्तमान सत्तागठबन्धन सरकार परिवर्तन परिवर्तन हुने भएको छ । नेपाली कांग्रेसलगायतका दलको समर्थनमा बनेको प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सँग गठबन्धन गर्ने भएपछि कांग्रेस सरकारबाट बाहिरिने भएको हो ।
नेकपा (एमाले)का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आजै सानो आकारको मन्त्रिपरिषद् गठन हुने समेत जानकारी दिए । माआवादी अध्यक्ष एवम् प्रचण्डले सरकारमा सहभागी सबै मन्त्री फिर्ता बोलाउने निर्णय गरिसकेका छन् । अहिले सरकारमा कांग्रेसका ९ र माओवादीका चार मन्त्री सहभागी छन् । सत्तागठबन्धन परिवर्तनसँगै नेकपा (एकीकृत समाजवादी) भने सरकारमा सहभागी हुने वा नहुने भन्नेमा अन्योलमा परेको छ । नयाँ गठबन्धनमा जसपा र राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा सहभागी हुँदैछन् ।
एमालेका तर्फबाट प्रमुख सचेतक पदम गिरी सरकारमा जाने भएका छन् ।
गएराति अबेरसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे कुराकानी र सहमति भएको थियो।
लोकप्रिय
प्रभु केबलकार विरुद्ध सेबोन, सीआईबीसहित ४ निकायमा उजुरी, सिद्धार्थमा पनि छानबिन गर्न माग
गभर्नरको अभिव्यक्तिले बैंकिङ क्षेत्र त्रासमा, अराजक समूहलाई राहत मिल्ने आशंका
बैंक तथा वित्तीय संस्थालाई हदबन्दीभन्दा बढीको गैर बैंकिङ सम्पत्ति बेच्न बाटो खुला, सर्वोच्चले दियो अन्तरिम आदेश
चार तारे होटल मोक्सी औपचारिक रूपमा सञ्चालन, ५ वर्षभित्र ‘जेडब्ल्यू म्यारिअट’ ल्याउने अग्रवालको घोषणा







प्रतिक्रिया दिनुहोस्