Skip to content

बजेटभन्दा बढी बीमा खर्च हुँदा समस्या आयोः स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य बीमा भुक्तानीमा मन्त्रालयले पाएको बजेटभन्दा बढी खर्च हुन थालेपछि प्रणालीमा समस्या देखिएको स्वास्थ्यमन्त्री डा. सुधा गौतम बताएकी घिन् ।

सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बीमालाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक सुधारका काम अघि बढाइएको जानकारी दिइन्।

मन्त्रालयमा प्राप्त बजेटभन्दा बीमा भुक्तानीमा बढी खर्च हुन थालेपछि समस्या उत्पन्न भएको उनको भनाइ थियो। “अनावश्यक रूपमा डाक्टरले बिरामी जाँच गर्ने, औषधि लेखिदिने र बिरामीले पनि अनावश्यक रूपमा बीमाको दाबी गर्ने प्रवृत्तिका कारण अहिलेको अवस्था आएको हो,” मन्त्री शर्माले भनिन्, “यसलाई समाधान गर्न सरकार गम्भीरतापूर्वक लागिरहेको छ।”

स्वास्थ्य बीमाको सम्पूर्ण भार सङ्घीय सरकारमाथि मात्रै परेको उल्लेख गर्दै उनले बीमा कार्यक्रमलाई सफल बनाउन तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताइन्।

विपन्न नागरिकको उपचार गरेबापत अस्पतालले पाउनुपर्ने रकम र सामाजिक सेवाको भुक्तानी सरकारले तत्काल उपलब्ध गराउने पनि उनले स्पष्ट पारिन्। मुटु उपचार क्षेत्रमा सहिद गङ्गालाल अस्पतालले पुर्‍याएको योगदानको प्रशंसा गर्दै मन्त्री शर्माले विशेषज्ञ सेवाको विस्तार र गुणस्तर सुधारमा सरकारले साथ दिने प्रतिबद्धता जनाइन्।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रवि मल्लले मुटु रोगको रोकथाम, निदान र उपचारमा गङ्गालालले उच्चस्तरीय सेवा प्रदान गर्दै आएको जानकारी दिए। विसं २०५६ मा नौ शय्याबाट सेवा सुरु गरेको अस्पतालले हाल ३०५ शय्यामार्फत बिरामीलाई सेवा दिइरहेको उनले बताए।

वरिष्ठ मुटु शल्य चिकित्सक डा. रामेश कोइरालाले जेनजी आन्दोलनका क्रममा गङ्गालाल अस्पताल प्राथमिकतामा नपरेको गुनासो गरे। गत वर्ष मात्र अस्पतालले एक हजार ९९० बिरामीको सफल शल्यक्रिया सम्पन्न गरेको उनले जानकारी दिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi