काठमाडौँ । वर्तमान सत्तागठबन्धन सरकार परिवर्तन परिवर्तन हुने भएको छ । नेपाली कांग्रेसलगायतका दलको समर्थनमा बनेको प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सँग गठबन्धन गर्ने भएपछि कांग्रेस सरकारबाट बाहिरिने भएको हो ।
नेकपा (एमाले)का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आजै सानो आकारको मन्त्रिपरिषद् गठन हुने समेत जानकारी दिए । माआवादी अध्यक्ष एवम् प्रचण्डले सरकारमा सहभागी सबै मन्त्री फिर्ता बोलाउने निर्णय गरिसकेका छन् । अहिले सरकारमा कांग्रेसका ९ र माओवादीका चार मन्त्री सहभागी छन् । सत्तागठबन्धन परिवर्तनसँगै नेकपा (एकीकृत समाजवादी) भने सरकारमा सहभागी हुने वा नहुने भन्नेमा अन्योलमा परेको छ । नयाँ गठबन्धनमा जसपा र राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा सहभागी हुँदैछन् ।
एमालेका तर्फबाट प्रमुख सचेतक पदम गिरी सरकारमा जाने भएका छन् ।
गएराति अबेरसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे कुराकानी र सहमति भएको थियो।
लोकप्रिय
दिनेश थकालीको टिमवर्क : वित्तीय विवरणदेखि लाभांशसम्म कामना सेवा विकास बैंकमा साउनमै सम्भव
ब्रेकफास्टदेखि डिनरसम्म हाइलाइफ, चामलपछि दालमा विस्तार
मध्यरातमा प्रधानमन्त्रीको सन्देश : ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ, धैर्य गर्नुहोस्’
लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक, साधारण सेयरधनीलाई १५ प्रतिशत नगद वितरण गर्ने






प्रतिक्रिया दिनुहोस्