Skip to content
Prabhu

महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि आमनागरिकलाई जागरुक बनाउन आवश्यकः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आमनागरिकलाई जागरुक बनाउन आवश्यक रहेकामा जोड दिएका छन् ।  

एक सय १४औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले यस दिवसले त्यसमा सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको र सहरदेखि दूरदराजका गाउँमा आज पनि महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको उनले उल्लेख गरे ।

नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनमा अग्रणी स्थानमा उभिएर कैयन महिला दिदीबहिनीले आफ्नो प्राणको आहुति गरेको उल्लेख गर्दै सभापति देउवाले उनीहरुप्रति उच्च सम्मान प्रकट गरेका छन् । आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण र सम्वर्द्धनका लागि महिला दिदी बहिनीको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहनेछ भन्ने विश्वास व्यक्त गर्दै सभापति देउवाले दिवसका अवसरमा सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal