Skip to content

पूर्वसभामुख महरा माओवादी नेता मुसलमानको घरबाट पक्राउ, उनलाई काठमाडौं ल्याइँदै,

काठमाडौं ।  सत्तारूढ नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष  एवम् पूर्वसभामुखसमेत रहेका कृष्णबहादुर महरा पक्राउ परेका छन्। सोमबार बिहान धकधईस्थित माओवादी नेता वकिल मुसलमानको घरबाट खानाखान गएको बेला महरालाई प्रहरीले पक्राउ गरिएको हो। 

महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को जिम्मा लगाउने तयारी प्रहरीले जनाएको छ। महरालाई सोमबार बिहानैदेखि प्रहरीले निगरानीमा राखेको थियो। महरालाई आजै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं लैजाने तयारी गरिएको छ। महरालाई विमानस्थल पुर्‍याइसकिएको छ। ‘यती एयरलाइन्सको जहाजबाट उनलाई काठमाडौं  लैजाने तयारी छ,’ स्रोतले भन्यो।

महरामाथि सुन तस्करीमा संलग्न रहेको आरोप छ। सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले महरालाई पनि कारबाहीका लागि सिफारिस गरेको थियो। उनीमाथि मुद्दा चलाउनुपर्ने आयोगको निष्कर्ष छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T