Skip to content

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले बढेर १ लाख ३० हजार रुपैयाँ कायम भएको छ । 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २९ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ । बिहीबार छापावाल सुन अहिलेसम्मकै उच्च तोलाको १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २७ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । 

यस्तै, शुक्रबार चाँदी १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलामा १५ रुपैयाँ बढेको हो । बिहीबार चाँदी १ हजार ५ सय १० रुपैयाँमा कारोबार भएको थियो । 

अमेरिकी रिजर्भ बैंकले ब्याजदर कटौती गर्ने संकेत गरेसँगै सुनको भाउमा चाप परेको व्यवसायीहरुले बताएका छन्। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको असर परेको व्यवसायीहरु बताउँछन्। 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार २३२ दशमलव ७५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ९५ डलरमा कारोबार भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi