Skip to content

गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक

गण्डकी । गण्डकी प्रदेश नीति तथा योजना आयोगले प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक गरेको छ ।


आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले आधारपत्र सार्वजनिक गरे । दोस्रो पञ्चवर्षीय योजनाका लागि उत्पादकत्व, सामाजिक न्याय र समुन्नति हासिल गर्ने प्रादेशिक लक्ष्य निर्धारण गरिएको उनले जानकार दिए । लक्ष्य प्राप्तिका लागि तीनवटा प्रादेशिक उद्देश्य, आठवटा समष्टिगत रणनीति र १४ वटा प्राथमिक क्षेत्र पहिचान गरिएको छ ।

लक्ष्य प्राप्तिका उद्देश्यमा गुणस्तरीय पूर्वाधार र उत्पादन, रोजगारी तथा आय वृद्धि गर्नु, मानव पूँजी निर्माण गर्नु रहेका छन् । त्यसैगरी विकासका लाभको समन्यायिक वितरण, सामाजिक न्याय स्थापित गर्नुु, गुुणस्तरीय सार्वजनिक सेवा प्रवाह र सुुशासन अभिवृद्धि गर्नुु पनि लक्ष्य प्राप्तिका उद्देश्य रहेको उनले बताए । 


योजनाले प्रदेश सरकारको लगानीमा सञ्चालन हुने प्रदेश समुन्नतिका रुपान्तरणकारी कार्यक्रम तथा आयोजना पहिचान गरेको छ । त्यस्तै, प्रदेश तथा स्थानीय तह साझेदारी कार्यक्रम, प्रदेश–सङ्घ साझेदारी कार्यक्रम, वैदेशिक सहयोगमा सञ्चालन हुुने कार्यक्रम, सार्वजनिक–निजी साझेदारी कार्यक्रम, निजी क्षेत्रको लगानीमा सञ्चालन हुने कार्यक्रम तथा आयोजना पहिचान गरेको उपाध्यक्ष देवकोटाले जानकारी दिए । 


Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima