Skip to content

७७ लाखको अवैध सामान बरामद

nabil bank

मकवानपुर । मकवानपुर प्रहरीले भन्सार छलेर ल्याइएका करिब ७७ लाख रुपैयाँ बराबरको अवैध सामान आज बरामद गरेको छ । सामान ल्याउने काममा संलग्न एकजनालाई नियन्त्रणमा लिएको छ । 

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम लोकमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा बिलबिजक नभएका साडी, कुर्थासुरुवाल, टिसर्ट, पाइन्ट, जुत्तालगायतका लत्ताकपडासहित एकजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  लक्ष्मी भण्डारीले बताए। 

लोथरबाट हेटौँडातर्फ आउँदै गरेको बागमती बिएडी ४३७० नम्बरको गाडी चेकजाँच गर्दा भन्सार छलेर ल्याइएको बिलबिजक बिनाका लत्ताकपडा दुई हजार सात सय ४४ थान, विभिन्न कम्पनीका मोबाइल ८२ थान बरामद गरिएको प्रहरीले जनाएको छ । 

सामानसँगै प्रहरीले नियन्त्रणमा लिएका सवारी चालक उदयपुर त्रियुगा नगरपालिका–१३ बस्ने वर्ष २८ को राजकुमार चौधरी छन् । प्रहरीले चौधरीलाइ आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाएको प्रनाउ भण्डारीले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi