Skip to content

बजाजले ल्यायो नयाँ वर्षको अफर, १ लाखसम्मको उपहार दिने

काठमाडौं । बजाज मोटरसाइकलले  नयाँ वर्ष २०८१ को अवसरमा ‘नव आरम्भ’ योजना सार्वजनिक गरेको छ।

बजाजले नयाँ वर्षमा ग्राहकहरूलाई विभिन्न आकर्षक छुट, उपहार र सुविधाहरू प्रदान गर्ने योजना ल्याएको बताएको छ। बजाजको ‘नव आरम्भ’ योजनाअन्तर्गत ग्राहकहरूले बजाजका कुनै पनि बाइक किन्दा आकर्षक छुट पाउनेछन् भने भाग्यशाली विजेताहरूले १ लाख रुपैयाँसम्मको नगद उपहार पनि जित्न सक्नेछन्। 

त्यसका साथै ग्राहकहरूले ३६ महिनाको इएमआई अफरमा पनि बजाज बाइक खरिद गर्न पाउनेछन् जसमा ग्राहकलाई किस्ताको रकम धेरै कम हुन आउने कम्पनीको भनाइ छ। 

त्यसैगरी ३० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्ने विकल्प पनि ग्राहकहरूसँग उपलब्ध हुनेछ।  बजाज नेपालको सबैभन्दा विश्वसनीय मोटरसाइकल ब्रान्ड हुनुको साथै नेपालमा सबैभन्दा ठूलो सर्भिस नेटवर्क पनि रहेको कम्पनीको दाबी छ।

कम्पनीका अनुसार नवीनता, गुणस्तर र सुपथ मूल्यजस्ता कारणहरूले विगत २५ वर्षदेखि बजाजले नेपालको अटोमोटिभ उद्योगमा लिड गर्दै आइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima