Skip to content

नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले नुवाकोट, टिमुरे र रसुवामा गएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री वितरण गरेको छ ।

भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि नाडाले उपलब्ध गराएको विभिन्न प्रकारका राहत सामग्री असोज ३ गते जिल्ला समन्वय समिति, नुवाकोटलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।

नाडाका कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणि पाठकको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय, नुवाकोटसँगको समन्वयमा राहत सामग्री जिल्ला समन्वय समितिको कार्यालयलाई हस्तान्तरण गरेको नाडाले जनाएको छ ।

यसअघि नाडाले बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि आर्थिक सहयोगसमेत उपलब्ध गराएको थियो । भदौ १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १० लाख रुपैयाँ नगद सहयोग उपलब्ध गराएको थियो ।

नाडाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगतदेखि नै विभिन्न प्राकृतिक विपद्का समयमा आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima