Skip to content

नेप्से ९ अंकले बढ्यो, कारोबार ४ अर्ब १४ करोड

nabil bank

काठमाडौं । मंगलबार सेयर बजार  नेप्से परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ को विन्दुमा पुग्यो ।

 आज कारोबार रकम पनि ४ अर्ब माथि नै छ। मंगलबार ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९८९ रुपैयाँ बराबरको ९७ लाख ८९ हजार ४१६ कित्ता सेयर कारोबार भएको छ।

लगानीकर्ताले मंगलबारसम्म सेयर बेचेको पैसा मसान्तअघि पाउने भएकोले बजारमा बिक्री चाप देखिएको थियो। तर पछिल्ला दुई दिनमा भने मशान्तको प्रभाव कमै देखिन्छ। मशान्तको प्रभाव सकिएपछि अब बजारले सकारात्मक गति लिने लगानीकर्ताको आँकलन छ।

आज कारोबारमा आएका १३ उपसमूहमा ३ उपसमूहको सूचक नकारात्मक देखिएका छन् भने बाँकी १० उपसमूहको सूचक सकारात्मक छन्।

आज फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.७९ प्रतिशतले बढेको छ भने अन्य उपसमूहको सूचक २.४२ प्रतिशत र निर्जीवन बिमा उपसमूहको सूचक १ प्रतिशतले बढेको छ।

आज नेपाल फाइनान्स, जानकी फाइनान्स र पोखरा फाइएनान्सको शेयरमूल्य सर्किट लेभलमा कारोबार भएको छ भने इमर्जीङ नेपाल र उन्नति सहकार्य लघुवित्तको पनि उच्च दरमा बढेको छ। यता विन नेपाल लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने महुली लघुवित्, सबैको लघुवित्त र समता लघुवित्तको शेयरमूल्य पनि ४ प्रतिशतभन्दा धेरै घटेको छ।

आज सूर्यज्योति लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै १८ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको १६ करोड ५ लाख, हिमालयन रि इन्सयोरेन्सको १५ करोड ४५ लाख र नेपाल फाइनान्सको १५ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi