Skip to content

चेम्बर अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित, वरिष्ठ उपाध्यक्षमा दीपक मलहोत्रा

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको अध्यक्षमा कमलेश अग्रवाल चुनिएका छन् ।

 राजेन्द्र मल्लको ३ वर्षको कार्यकाल सकिएपछि चेम्बरको साधारणसभाले अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा दिपक मलहोत्रा चुनिएका छन् । 

उपाध्यक्षहरुमा वाणिज्यतर्फ उर्मिला श्रेष्ठ, उद्योगतर्फ दीपक श्रेष्ठ, जिल्लानगरतर्फ सन्तोषकुमार पाण्डे, वस्तुगततर्फ सुरेन्द्रकुमार श्रेष्ठ, संस्थागत द्विराष्ट्रियबाट निलकण्ठ चौलागाईँ र मानार्थ उपाध्यक्षमा अर्जुनप्रसाद शर्मा निर्वाचित भएका छन् ।

यसैगरी प्रदेश अध्यक्षहरुमा कोशीबाट सुरेशमान श्रेष्ठ, मधेशबाट अमरनाथ गुप्ता, बागमतीबाट सिद्धिलाल श्रेष्ठ, गण्डकीबाट किसान सुनार, लुम्बिनीबाट टंकप्रसाद पोखरेल, कर्णालीबाट लक्ष्मण न्यौपाने र सुदुरपश्चिमबाट विनोद मल्ल सर्वसम्मत रुपमा चयन भएका छन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal