Skip to content

सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न वैशाख २१ गते डाक्यो साधारणसभा

nabil bank

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०७९र ८० को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न वैशाख २१ गते, होटल हैरिसन प्यालेस, विराटनगरमा १६ औँ वार्षिकसाधारण सभा डाकेको छ।

 

उक्त सभाले हाल कायम चुक्ता पुँजीको १०.२६ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित २४.७४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक नियुक्त गर्न लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले वैशाख ७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi