Skip to content

प्रभु बैंकको नयाँगाउँ शाखा कार्यालय सञ्चालनमा

काठमाडौं । प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकको यो ३०२ औं शाखा हो ।

बैंकको नयाँगार्र्उँ शाखा कार्यालयको समुद्घाटन यस बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचन गौचनले गरिन् ।

बैंकको नयाँगाउँ शाखा कार्यालयको समुद्घाटन गर्दै शान्ती शेरचन गौचनज्यूले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको प्रकाश पारिन् ।

प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T