Skip to content

कुमारी बैंकको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयरधनी वीरेन्द्रकुमार साहको नाममा रहेको १० लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त बैंकले सेयरको बिक्री मूल्य भने खुलाएको छैन । सेयर खरिद गर्ने इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकशन भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं, नागपोखरी वा बैंकको केन्द्रीय कार्यालय काठमाडौं, टंगालमा आइपुग्ने गरी आवेदन पेस गर्ने सक्नेछन् ।

साथै, संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंककले कानुनबमोजिम अन्य व्यक्ति वा कम्पनीलाई बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T