Skip to content

सिद्धार्थनगर नगरपालिकामा माछापुच्छ्रे बैंकको नयाँ कार्यालय भवन

 

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देहीमा नयाँ शाखा शुभारम्भ गरेको छ । बैंकले चैत ४ गते रुपन्देही, सिद्धार्थनगर नगरपालिका–१२ स्थित नवनिर्मित कार्यालय भवनको शुभारम्भ गरेको हो । बैंकले एक औपचारिक कार्यक्रमकाबीच उक्त कार्यालय भवनको सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ तथा बैंकका अध्यक्ष रोशन केसीले संयुक्त रुपमा उद्घाटन गरे ।

उक्त उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले बैंकले आफ्नै नयाँ कार्यालय भवनबाट कार्य शुभारम्भ गरेको अवसरमा खुशि व्यक्त गर्दै बैंकलाई अझै उचाईमा लग्न बैंक सञ्चालक एंव व्यवस्थापन समितिलाई शुभकामना व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा बोल्दै बैंक संचालक समितिका अध्यक्ष रोशन केसीले बैंकले हरेक क्षेत्र र वर्गमा बैंकिङ्ग सेवा पुर्याउने लक्ष्यका साथ सेवा प्रदान गरिरहेको र लुम्बनी प्रदेशमा आफ्नै कार्यालय भवनबाट सेवा प्रदान गर्न पाउंदा निक्कै नै हर्ष लागेको बताए । साथै बैंकले गुणस्तरिय सेवा प्रदान गर्नको लागि कुनै पनि कुरामा सम्झौैता नगर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

उक्त औपचारिक समारोहमा सिद्धार्थनगर नगरपालिकाका उपमेयर, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल राष्ट्र बैंक लुम्बिनी प्रदेशका निर्देशक तथा उपनिर्देशक, सुरक्षा संयन्त्रका प्रमुख लगायत बैंक सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहका कर्मचारी एंव बैंकका कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T