Skip to content

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २८०र८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार इन्स्योरेन्सको नाफा र प्रतिसेयर आम्दानी दुवै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्ष २०८०र८१ को चैत मसान्तसम्ममा इन्स्योरेन्सले २९ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.८९ प्रतिशत बढी हो। गत आर्थिक वर्ष २०७९र८० को सोही अवधिसम्ममा इन्स्योरेन्सले २२ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ३८.६८ प्रतिशत बढेको छ भने कुल आम्दानी ४४.१९ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी ५१.६७ प्रतिशत र कुल खर्च ४४.५७ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी २ रुपैयाँ २० पैसा बढेर ८ रुपैयाँ ६७ पैसा पुगेको छ।

४ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको सेयर प्रिमियममा ३ करोड ७२ लाख, महाविपत्ती कोषमा ३४ करोड १७ लाख, रिटेन्ड अर्निङ्गमा १ अर्ब ६० करोड र अन्य इक्विटीमा १ अर्ब २ करोड रुपैयाँ सञ्चित छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi