Skip to content

अर्थतन्त्र सिथिलतामा गभर्नर अधिकारीले दिए सरकारलाई दोष आफ्नो जिम्मेवारी लिएनन्

फाइल फोटो

 

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मागमा कमी आएको कारण अर्थतन्त्रमा सुस्तता देखिएको बताएका छन् ।

नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बाह्य क्षेत्रमा भने अर्थतन्त्र सुधार देखिएको जानकारी दिए ।

अर्थतन्त्रमा पछिल्लो समय सुधारहरुको संकेत देखिएको भन्दै घट्दो ब्याजदरले लगानीको वातावरण बन्दै गएको बताए ।

अर्थतन्त्रमा सुस्तता आएको कारण ब्याजदर असुलीमा समस्या देखिएको हुँदा बैंकको खराब कर्जा बढेपनि आत्तिनुपर्ने अवस्था नभएको गभर्नरको भनाइ छ ।

गभर्नर अधिकारीले अर्थतन्त्रमा सिथिलता आउनुको पछाडि सरकारले खर्च गर्न नसकेको र विदेशिने क्रम बढ्दा माग घटेको बताए ।

“अर्थतन्त्रमा सिथिलता देखिनुको पछाडि पढ्न तथा रोजगारीको लागि युवाहरु पलायन भएर हो,”गभर्नर अधिकारीले भने,“सरकारले पनि लक्ष्य अनुसारको विकास खर्च गर्न सकेन।”

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima