Skip to content

एनसीएचएलको विशेष साधारणसभा सम्पन्न, नेप्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित

 

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले वैशाख १३ गते बिहीबार आफ्नो विशेष साधारणसभा सम्पन्न गरेको गर्‍यो ।

उक्त विशेष साधारणसभामा एनसीएचएलका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु, सयरधनी प्रतिनिधिहरु र व्यवस्थापनतर्फका कर्मचारीहरु समेतको उपस्थिति थियो । एनसीएचएलले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स) लाई प्राप्ति गर्ने प्रमुख अजेण्डासहित उक्त विशेष साधारणसभा सम्पन्न गरिएको जनाएको हो ।

 

नेप्सको १०० सेयर बराबर एनसीएचएलको २८ सेयर हुने गरी १ः०.२८ स्वाप अनुपातमा एनसीएचएलले नेप्सलाई प्राप्त गर्न विशेष साधारण सभामा पारित गरिएको छ । नेपाल राष्ट्र बैंकको विद्ययमान भुक्तानी तथा फ छ्यौट विनियमबमोजिम अपनाउनुपर्ने सम्पूर्ण प्रक्रियाहरु पूरा गरी नेपाल राष्ट्र बैंकसमक्ष नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेडको संयुक्त रुपमा अन्तिम स्वीकृति प्राप्त गरी कम्पनी रजिष्ट्रार कार्यालय र प्रचलित कानुनबमोजिम अपनाउनुपर्ने सम्पूर्ण प्रक्रियाहरु पूरा गरी एकीकृत कार्य प्रारम्भ गर्ने छन् ।

प्राप्ति कार्य गरेपश्चात् परिवर्तन हुने सेयर तथा चुक्ता पुँजी वृद्धि गर्न, सेयर समूह स्वामित्व परिवर्तन गर्न एनसीएचएलको प्रबन्धपत्र तथा नियमावालीका आवश्यक दफारनियमहरु संशोधन गर्ने लगायतका विषयहरुमा पनि विशेष साधारण सभाले स्वीकृति तथा अख्तियारी प्रदान गरेको छ ।

प्राप्तिका लागि मिति गत वर्ष पुस ६ गते प्रारम्भिक सम्झौता र विस्तृत मूल्याङ्कनपश्चात चैत २२ गते प्राप्तिसम्बन्धी सम्झौता भएको थियो । हाल एनसीएचएल र नेप्सको चुक्ता पुँजी क्रमशः १ अर्ब ६६ लाख र २१ करोड १२ लाख रहेकोमा प्राप्ति पश्चात एकिकृत संस्थाको चुक्ता पुँजी १ अर्ब ६ करोड ५८ लाख हुनेछ । एनसीएचएलको गत आर्थिक वर्ष २०७९र८० को खुद मुनाफा ३७ करोड ६८ लाख रहेको थियो भने नेप्सको ६ करोड ४६ लाख रहेको थियो ।
एनसिएचएलको गत आर्थिक वर्ष २०७९र८० को खुद मुनाफा ३७ करोड ६८ लाख रहेको थियो भने नेप्सको ६ करोड ४६ लाख रहेको थियो।

बैंक वित्तीय संस्थाहरूबाट प्रवर्द्धित दुवै संस्थाहरू नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त गरी विगत लामो समयदेखि आ–आफ्नो क्षेत्रमा कार्य गरी आएका हुन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi