Skip to content

नबिल बैंक र सिप्रदीबीच सहकार्य, इभी किन्दा बैंकबाट ८० प्रतिशतसम्म कर्जाको पाउने

 

काठमाडौं । नबिल बैंक र टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

उक्त सम्झौताअनुसार टाटा टियागो इभी खरिद गर्न चाहने खरिदकर्ताले नबिल बैंकको नेपालभरीका शाखाहरूमार्फत ८० प्रतिशतसम्म सहज कर्जा प्राप्त गर्न सक्नेछन्।

उक्त सम्झौतामा टाटा टियागो इभी खरिद गर्न चाहने व्यक्ति वा संस्थाले नबिल बैंकका सबै शाखाबाट ९.९९ प्रतिशत ब्याजदरमा सहज र सुलभ कर्जाको सुविधा पाउने उल्लेख गरिएको छ।

टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरूलाई सहज रूपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रहेर कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो।

टियागो इभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने ह्याचब्याक भएको कम्पनीले बताएको छ।

हालसम्म यस गाडीका १ हजार ६०० भन्दा बढी सन्तुष्ट ग्राहक रहेको र यो संख्या उल्लेख्य रूपमा वृद्धि भइरहेको कम्पनीले जानकारी गराएको छ।

कम्पनीका अनुसार टियागो इभी अहिले ५ लाख २९ हजार डाउनपेमेन्टमा नेपाली बजारमा उपलब्ध छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi