Skip to content

डेटा सेन्टरमा लगानी बिस्तार गर्दै बसन्त चौधरी, भारतीय कम्पनीले ३ अर्ब लगानी गर्ने

काठमाडौं । उद्यमी बसन्त चौधरीले नेपालमा डेटा सेन्टर स्थापनाको लागि लगानी गर्ने भएका छन् ।

बसन्त चौधरीको व्यवसायिक ग्रुप बिएलसीले भारतको हिरानन्दानी ग्रुपसँग मिलेर नेपालमा डेटा सेन्टर स्थापना गर्ने भएका हुन् । चौधरीको बिएलसी होडिङ र

भारतको हिरानन्दानी ग्रुपको कम्पनी योट्टा डाटा सर्भिससँग सयुक्त लगानीमा नेपालमा डेटा सेन्टर खोल्ने भएका हुन् ।

आइतबारदेखि हुने लगानी सम्मेलनमा नेपालमा डेटा सेन्टर खोल्नको लागि बिएलसी ग्रुप र हिरानन्दानी ग्रुपबीच सम्झौता हुने छ ।

यसको लागि हिरानन्दानी ग्रुपका प्रतिनिधिहरु गतसातादेखि काठमाडौंमा थिए ।

बिएलसी होल्डिङका कार्यकारी निर्देशक मनिष खेम्बाले डेटा सेन्टर स्थापनाको लागि साढे ३ अर्ब लगानी हुने जानकारी दिए । यसबाहेक थप विवरण भने खेम्काले दिएनन् ।

स्रोतले दिएको जानकारी अनुसार भारतीय कम्पनीका प्रतिनिधिहरुले लगानी गर्नको लागि लगानी बोर्ड तथा सरकारी निकायका प्रतिनिधिहरुसँग भेटिसकेका छन् ।
सन् १९७८ देखि हिरानदनी समूहले भारतमा काम गरिरहेको छ । जसको सञ्चालक निरञ्जन हिरानदनी र सुरेन्द्र हिरानदनी हुन् । भारतको ठूलो रियलस्टेट डेभलपरमा समूह चिनिने गर्छ ।

समूहले रियलस्टेट बाहेक स्वास्थ्य, शिक्षा, ऊर्जा क्षेत्रमा लगानी गरेको छ । समूहले सन् २०२० देखि विश्वको सबैभन्दा ठूलो डेटा सेन्टर मुम्बईमा सञ्चालन गरेको छ ।

नेपालको प्रमुख व्यवसायिक घराना चौधरी समूह अन्तर्गत बसन्त चौधरीले बिएलसी ग्रुप सञ्चालन गर्छन् । बसन्त चौधरीको नर्भिक हस्पिटलदेखि लिएर उद्योगहरुमा समेत लगानी छ । यसअघि भएको लगानी सम्मेलनमा पनि बसन्त चौधरीले भारतको मुथुत फाइनान्सको लगानी तत्कालिन युनाइटेड फाइनान्समा भित्राएका थिए । जुन अहिले नबिल बैंकमा गाभिएको छ । अहिले नबिलमा भारतको मुथुत फाइनान्सको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal