Skip to content

सानिमा बैंकले हस्तान्तरण गर्‍यो १० लाख दुर्घटना बिमा रकम

 

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ खाताअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ। बैंकका खातावाला राजेन्द्र पिठाकोटीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको बैंकले बताएको छ।

सानिमा बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक मुना पौडेलले संयुक्त रूपमा बीमा रकम हस्तान्तरण गरेका हुन्। दुर्घटनाका कारण मृत्यु भएका राजेन्द्र पिठाकोटीले सानिमा बैंकको हेटौंडा शाखामा सानिमा सुपर सेभिङ खाता खोलेका थिए।

बैंकले सानिमा सुपर सेभिङ खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, १० हजार रुपैयाँसम्मको ओपिडी भुक्तानी शुल्क सहितको ५० हजार रुपैयाँसम्मको औषधि उपचार बीमा र ५ हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधाका साथै अन्य थुप्रै सेवाहरूमा छुट प्रदान गर्दै आइरहेको छ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १ सय ३३ वटा कार्यालय तथा १ सय २४ वटा एटिएम सञ्चालनमा छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima