Skip to content

७६ प्रतिशतले बढ्यो आइएमई लाइफको नाफा

 

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

उक्त कम्पनीको समीक्षा अवधिसम्म खुद नाफा ३३ करोड १५ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमासिकको तुलनामा ७५.७९ प्रतिशतले बढी हो। गत वर्ष २०७९।८० को ९ महिनामा पनि कम्पनीले १८ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

सो कम्पनीले तेस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब २९ करोड १५ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बिमाशुल्क आर्जन १०.२४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको थियो।

तेस्रो त्रैमाससम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ११.०५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको वार्षिक ईपीएस ८.९८ रुपैयाँ थियो। पीई रेसियो ४९.८० गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १७७.२५ रुपैयाँ रहेको छ।

सो कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ११ करोड ५६ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्ष २०७९र ८० को सोही अवधिसम्म कम्पनीले २ अर्ब ८९ करोड ४ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको थियो। गत आर्थिक वर्ष २०७९र८० को सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद बिमाशुल्क आर्जन ७.७९ प्रतिशत बढी हो।

चुक्तापुँजी ४ अर्ब रुपैयाँ रहेको कम्पनीले समीक्षा अवधिमा शेयर प्रिमियम शीर्षकमा १ अर्ब ५२ करोड ५८ लाख रुपैयाँ सञ्चित गरेको छ। यस अवधिमा कम्पनीको महाविपत्ति कोषमा १५ करोड ९१ लाख रुपैयाँ र सञ्चित जगेडा कोषमा ८५ करोड ९२ लाख रुपैयाँ रहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi