Skip to content

नेपाल इन्स्योरेन्सले डाक्यो जेठ ४ गते विशेष साधारणसभा

 

काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्काशनको प्रस्ताव पारित गर्न जेठ ४ गते, शुक्रबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा विशेष साधारण सभा डाकेको हो।

सो सभाले हाल कायम चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४० प्रतिशत अर्थात हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएको खर्च अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने छ।

विशेष साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले बैशाख २७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसअनुसार वैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima