Skip to content

राष्ट्र बैंकले ६ बैंकलाई गर्‍यो कारबाही, राजेन्द्रकुमार खेतानलाई १० लाख जरिवाना

 

काठमाडौं । राष्ट्र बैंकले ६ बैंकलाई कारबाही गरेको छ भने केही सञ्चालकलाई नगद जरिवानासमेत गराएको छ।

राष्ट्र बैंकले प्राइम कमर्सियल, नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकलाई कारबाही गरेको हो।

लक्ष्मी सनराइज बैंकका संस्थापक राजेन्द्रकुमार खेतानले सोही बैंकको ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड रुपैयाँ कर्जामध्ये ११ करोड ४४ लाख रुपैयाँ रकम आफ्नो खातामा ट्रान्सफर गरेर प्रयोग गरेको भन्दै १० लाख जरिवाना गरिएको छ।

यो घटना मर्जर अघि लक्ष्मी बैंक हुँदा भएको हो। यो कर्जा स्वीकृत गरेका सिइओलाई समेत राष्ट्र बैंकले सचेत गराएको छ।

प्राइम बैंकको सिइओलाई पुँजी कोषसम्बन्धी व्यवस्था पालना नगरेको कारण नसिहत दिनुका साथै सञ्चालक समितिलाई राष्ट्र बैंकले सचेत गराएको छ। कुमारी बैंकलाई समेत पुँजीकोषको प्रावधानविपरीत गएर सहुलियतपूर्ण कर्जा प्रवाह गरेको, कार्यसम्पादन नै नभई सिइओलाई पारिश्रमिक दिएको भन्दै राष्ट्र बैंकले बैंकका सिइओ तथा सञ्चालकलाई सचेत गराएको छ।

कुमारी बैंकले ुबैंक–वित्तीय संस्थाका प्रमुख कार्यकारीको तलब भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शनुको व्यवस्था विपरीत तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता तथा सुविधा दिने गरी करार सम्झौता गरेको र कार्यसम्पादन नै नगरेको १३ महिना १६ दिनको पारिश्रमिक भनी २ करोड ३ लाख भुक्तानी दिएको थियो। यो रकम असुल गरिएको समेत राष्ट्र बैंकले उल्लेख गरेको छ।

राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट बैंकका सिइओलाई समेत सचेत गराएको छ। चालु वर्षको तेस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकले प्रतितपत्रअन्तर्गत दिएको कर्जालाई बारम्बार अवधि थपिदिएको, कर्जाको आधार दर गणना गर्दा समाजिक उत्तरदायित्व अन्तर्गतको खर्च जोडेको र जोखिम भारित सम्पत्तिलाई कम देखाई पुँजीकोष गणना गरेको थियो।

ग्राहक पहिचानमा गम्भिरता नदेखाएको भन्दै लुम्बिनी विकास बैंक र निर्देशन पालना नभएको भन्दै एक्सेल डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले सचेत गराएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi