Skip to content

कुमारी बैंकको १ लाख ८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

 

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ८ हजार ४४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सो बैंकले सेयरधनी जुली चाचानको नाममा रहेको २५ हजार ९ सय २० कित्ता, किरण केसीको नाममा रहेको २४ हजार ३ सय ७२ कित्ता र उषा घिमिरेको नाममा रहेको ५७ हजार ७ सय ५२ कित्ता गरी जम्मा १ लाख ८ हजार ४४ कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयरको न्युनतम प्रतिकित्ता मूल्य भने तोकिएको छैन । सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ ।

सेयर खरिदको पहिलो हकदार विद्यमान सेयरधनीहरु भएकाले सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड, नक्सालमा निवेदन पेस गर्नुपर्ने बैंकले जनाएको छ ।

उक्त म्यादभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्रीको प्रक्रिया अगाडि बढाउने बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima