Skip to content

कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालमा १५ प्रतिशतसम्म छुट

 

काठमाडौं । कुमारी बैंक र बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्रबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई अस्पतालका सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।

सो सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरुले सो अस्पतालबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डबाट गर्दा ओपिडि सामान्य डेन्टल सेवाहरूमा कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र, काठमाडौं मूख्य कार्यालय तथा नारायणगढर बुटवलमा रहेका शाखा कार्यालयहरुबाट सेवा लिदा १० प्रतिशत छुट हुने भएको छ ।

विशेष डेन्टल सेवाहरूमा ७ प्रतिशत, सामान्य सेवाहरूमा प्रतिशत, क्लिनिकल प्याथोलोजीमा १५ प्रतिशत छुट र साथै पहिलो भिजिटमा निशुल्क आँखा परीक्षण प्राप्त गर्न सकिने अस्पतालले जनाएको छ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिने विश्वास बैंकले लिएकको छ ।

बैंकको हालसम्म ३ सय २ शाखा सञ्जाल, ३ सय १४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima