Skip to content

कुमारी बैंकको ३ लाख ७५ हजार कित्ता सेयर बिक्रीमा

 

काठमाडौं । कुमारी बैंकले ५ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको कुल ३ लाख ७५ हजार ३ सय ३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी हरिकृष्ण सापकोटाको १ लाख १२ हजार २ सय ५४ कित्ता, निलिमा रिजाल पराजुलीको नाममा रहेको ५० हजार ८ सय ५९ कित्ता, अनिल पराजुलीको ५० हजार कित्ता, नगेन्द्रप्रसाद विमलीको ८२ हजार ७ कित्ता, विश्वनाथ शर्माको नाममा रहेको ८० हजार १ सय ८३ कित्ता सेयर बिक्रीमा रहेको छ ।

सो सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं, नक्साल वा कम्पनीको प्रधान कार्यालय टंगाल काठमाडौंमा आइपुग्नेगरी आवेदन पेश गर्न सक्नेछन् । सेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ ।

साथै, तोकिएको समयमा अवधिमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानुनबमोजिम अन्य व्यक्ति, कम्पनी वा संघ–संस्थालाई बिक्री प्रकृया आगाडी बढाउने एक सूचना मार्फत जानकारी गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima