Skip to content

एनआईसी एसिया बैंकले ल्यायो कर्जा ग्राहकहरुलाई छुटसम्बन्धी आकर्षक योजना

 

काठमाडौँ । एनआईसी एसिया बैंकले कर्जा ग्राहकका लागि छुटसम्बन्धी योजना सार्वजनिक गरेको छ । बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलतालाई मध्यनजर गर्दै कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न छुटसम्बन्धी योजना ल्याएको हो ।

बैंकले २०८० चैत मसान्तसम्म भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेठ महिना भित्रमा चुक्ता गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट दिने भएको छ । त्यस्तै साधारण वक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने योजना ल्याएको छ ।

बैंकले जसअनुसार ९१ दिनदेखि १८० दिन भाखा नाघेकालाई १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिन भाखा नाघेकालाई २५ प्रतिशत र ३६५ दिनभन्दा बढी भएकालाई ३५ प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको हो । मासिक तथा त्रयमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूलगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima