Skip to content

कुमारी बैंकको २ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

 

काठमाडौं । कुमारी बैंकले २ लाखभन्दा बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीहरुको नाममा रहेको २ लाख २३ हजार ४ सय ५१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले संस्थापक सेयरधनी शर्मिला आचार्य शर्माको नाममा रहेको ८० हजार १८२ कित्ता, नैन कला शर्माको नाममा रहेको २६ हजार ७ सय २६ कित्ता, अनिल पराजुलीको नाममा रहेको ४० हजार ७४१ कित्ता, शोभा शर्मा पाण्डेको नाममा रहेको ५४ हजार ६ सय २ कित्ता र सुरेन्द्रकुमार जोशीको नाममा रहेको २१ हजार २ सय कित्ता गरी जम्मा २ लाख २३ हजार ४ सय ५१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिदको पहिलो हकदार विद्यमान संस्थापक सेयरधनीहरु भएकाले सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड नक्साल, नागपोखरी वा कुमारी बैंकको प्रधान कार्यालय टंगालमा आइपुग्ने गरी निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima