Skip to content

प्रभु बैंकबाट कोशी प्रदेशका कृषकहरुले अब सहज रुपमा कृषि कर्जा पाउने

 

काठमाडौं । प्रभु बैंक र स्विस कन्ट्याक्ट र नेपाल कृषि बजार विकास कार्यक्रम (एनएएमडीपी फेज२)बीच सम्झौता भएको छ ।

कोसी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरूको व्यावसायिक विकासमा सहयोग गर्ने गरी स्विस कन्ट्याक्ट नेपालको सहकार्यमा सञ्चालन गरिने ‘कोसी प्रदेशका लागि दिगो कृषि पहल’ नामक परियोजनाका लागि सम्झौता भएको हो ।

सो सम्झौतापत्रमा स्विस कन्ट्याक्ट एनएएमडीपी फेज२ का तर्फबाट प्रतिनिधि रिमा श्रेष्ठ र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका हुन् ।

सो सम्झौताअनुसार नेपालको कोसी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने इच्छा भएका कृषकहरूलाई प्रभु बैंकको नजिकका शाखाहरूबाट कृषि कर्जाका साथै वित्तीय साक्षरता तथा व्यावसायिक साक्षरता सहज रूपमा उपलब्ध गराइने बताइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima